विराटनगर । प्रदेश नम्बर १ पुनः नामाकरण संघर्ष समितिले आज बिराटनगरमा पहिचानको लागि युवा घोषणा गरेको छ ।एक कार्यक्रमको आयोजना गर्दै संघर्ष समितिले पहिचानको लागि युवा घोषणा गरेको हो । आन्दोलन अगाडि बढाउन पहिचानको लागि युवा घोषणा गरिएको किराँत राई यायोख्खाका महासचिव भीम राईले बताए।
उनका अनुसार किराँत राई यायोख्खाको नेतृत्वमा किराँत फोर्स, संजुहाङ पालुङ्वा नेतृत्वमा काङसोरे फोर्स र कुमार लिङ्देन नेतृत्वमा एलभि फोर्स रहेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले प्रदेशको नाम भने जस्तो नभएसम्म जारी रहने बताए । विद्रोहलाई निस्कर्षमा पुर्याउन समेत पहिचानका लागि आवश्यक रहेको बताउदै उनले दुई महिनाभन्दा बढी लड्दा पनि प्रदेश सरकार मौन रहेको बताए । शान्तिपूर्ण आन्दोलन गर्दा राज्यपक्षबाट अश्रुग्यास प्रहार गर्ने, आन्दोलनकारी विरुद्ध आइलाग्ने जस्ता कार्यभएको बताउदै उनले शान्तिपूर्ण ढंगले जवाफ दिन पहिचानको लागि युवा घोषणा जारी गरेको उल्लेख गरे ।


79 पटक हेरिएको 








