शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ४ वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना बिहिवार गरेको छ ।
कार्यक्रममा वडाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्य तथा प्रगति प्रतिवेदन माथि सर्वसाधारण जनताले जिज्ञासा राखेका थिए । वडामा बजेटको सिमितता र जनसमुदायको असिमित आवश्यकता समायोजन गरेर अघि बढ्न अध्यक्ष लोकनाथ न्यौपानेले वडा कार्यालयले तयार पारेको सो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । वडा अध्यक्ष लोकनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा चालु आर्थिक वर्षमा संचालित सबै योजनाहरूको सवालमा जवाफ दिइएको थियो । सो अवसरमा नगरपालिकाका न्यायिक समितिकी सदस्य तथा वडा सदस्य कल्पना श्रेष्ठ, सदस्यहरु क्रमशः खगेन्द्र बहादुर कार्की, भक्तबहादुर रावत, मिना कुमारी विश्वकर्मा, वडा कार्यालयकी सचिव भावना श्रेष्ठ लगायतले संचारकर्मीहरुले राखिएको प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा विभिन्न सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष र सचिव, राजनैतिक दल, मन्दिर समिति, पैनी उपभोक्ता समिति, बाल क्लब, युबा क्लब, चर्च पेशागत संस्था लगायत सम्पूर्ण सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको थियो ।


96 पटक हेरिएको 








