मोरङको पत्रपत्रिकाको वर्गीकरण कस्तो आयो?

पथरी । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७७/०७८ को पत्रपत्रिकाको वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ ।

८ सय ६८ मध्ये ६ सय ५८ वर्गीकरणमा पर्न सफल र १० वटा पत्रपत्रिका मापदण्डअनुसार अपुरो भएकाले वर्गीकरण नगरिएको काउन्सिलले जनाएको छ । मोरङमा भने २३ वटा पत्रपत्रिका वर्गीकरणमा परेको छ ।  ती अखबार मध्ये ८ वटा`क´श्रेणी, १३ वटा`ख´श्रेणी र १ वटा`ग´श्रेणीमा पर्न सफल भएको छ । उदघोष दैनिक प्रदेश क र न्यु सृष्टि दैनिक स्थानीय क मा पर्न सफल भएको छ । साप्ताहिकतर्फबाट स्थानीय क श्रेणीमा क्राइम अपरेसन, अनमोलमणि, फेवा, दृष्टान्त, पुर्व ज्योति र न्यु पाथीभरा परेको छ । स्थानीय ख श्रेणीमा बेतना दैनिक र शुभारम्भ मासिक, प्रदेश ख श्रेणीमा सङ्गम अभियान मासिक तथा राष्ट्रिय ख श्रेणीमा चेतना सन्देश त्रेमासिकमा पर्न सफल भएको छ । नतिजाअनुसार साप्ताहिक पत्रिकामध्ये स्थानीय ख श्रेणीमा जनबादी आवाज, साप्ताहिक दिग्दर्शन, कुरकुरे, राष्ट्रिय जनहित, कान्तिपथ, स्वतन्त्र बिराट, शान्ति नेपाल, क्रेजी डटकम, बिराटनगर र सूचना र संचार परेको छ । श्री जनमत साप्ताहिक स्थानीय ग श्रेणीमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार