प्रदेश प्रमुखद्वारा आयोगको २३औं वर्षिकोत्सव समुद्घाटन

बिराटनगर । प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा राष्ट्रिय मानव अधिकार आयोगको २३औं वर्षिकोत्सव तथा २४औं स्थापना दिवसको समुद्घाटन भएको छ ।

होटल इस्टर्न स्टार बिराटनगरमा राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश कार्यालयद्वारा आयोजित कार्यक्रमलाई प्रदेश प्रमुखले उद्घाटन गरेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले भने, “राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक छ, संविधानमा यसलाई स्थान दिइएको छ । मुलुकमा मानव अधिकारको सुचाङ्क दिनदिनै बिग्रदो अवस्थामा छ । तसर्थ मानव अधिकारको काम, कर्तव्य र अधिकारको सदुपयोग गर्नुपर्ने अवस्था बढ्दो छ ।” प्रचलित ऐन तथा कानुनअनुसार आयोगको भूमिका सदा अटल रहिरहोस् भन्ने शुभकामना पनि प्रमुखले दिएका छन् ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका कोशी प्रदेश कार्यालय प्रमुख पवनकुमार भट्टले ‘कोशी प्रदेशको मानव अधिकार अवस्थाको बारेमा जानकारी’ लिखित रुपमा प्रस्तुत गरे । त्यसैगरी उच्च बार विराटनगरका अध्यक्ष विश्वराम भट्टराई, शिक्षा विकास तथा समन्वय इकाइ मोरङ्गका प्रमुख टंकप्रसाद गौतम, इन्सेक प्रदेश कार्यालयका प्रमुख सोमराज थापा, मोरङ जिल्ला समन्वय समितिका उपप्रमुख उषा झाले कार्यक्रममा मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार