किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोबिन्द आङ्बुङ, कृष्ण चोङ्बाङ, किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, उपाध्यक्ष देवान राई, महासचिव भीम राई, उपमहासचिव मन्जु सोताङ, सचिव नागेशचन्द्र राई, सहकोषाध्यक्ष छिला राई, किरण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका उपाध्यक्ष थाङसाङ लाओती, उप महासचिव दिपा लिम्बु लगायत २६ जना पक्राउ परेको जनाइएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि आन्दोलनकारीलाई पक्राउ गरिएको बताए।
गत फागुन १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो ।


98 पटक हेरिएको 








