पथरी। सिरिजंगा स्मृति धार्मिक वन समूह पथरी शनिश्चरेको वरिष्ठ उपाध्यक्षमा केशब कुरुम्बाङ निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनको मत परिणामअनुसार १ सय ६९ मत प्राप्त गरि विजयी भएका हुन । नवनिर्वाचित कुरुम्बाङ्को स्पर्धी काजी सावाँ लिम्बु ३७ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्ष बाहेकको पदहरुमा सर्वसम्मत भएको थियो । सहमति अनुसार अध्यक्षमा डम्बर फागो चोङवाङ निर्वाचित भए । उपाध्यक्षमा सन्जु सिंङगक लिम्बु, सचिव मानप्रसाद लिम्बु, सहसचिव भवानी विक्रम तुम्वापो, कोषध्यक्ष इन्द्रकुमारी लिम्बु, सदस्यहरु क्रमशः सर्मिला लिम्बु चोङवाङ, शुक्रमायाँ सम्वाहाम्फे लिम्बु, पर्शु चोङवाङ लिम्बु, उपेन्द्र मादेन, विकल जवेगु, रोशन मादेम्बा लिम्बु, मनबहादुर लिम्बु, धनकुमार लिम्बु, वकिलमान थेवे, अशोक नाल्वो र लेखा संयोजकमा धनप्रसाद साम्वा लिम्बु निर्वाचित भएका हुन् ।


216 पटक हेरिएको 












