स्वास्थ्यकर्मीहरुलाई आधारभूत तालिम

पथरी । क्षयरोग निदान, उपचार तथा व्यवस्थापनको लागि स्वास्थ्यकर्मीहरुलाई आधारभूत तालिमको उदघाटन गरिएको छ ।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले तालिमको उदघाटन गरेका हुन् । तालिममा नगरपालिकाको १० वटै वडाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको छ । तालिमको सहजीकरण स्वास्थ्य निर्देशनालय धनकुटाका क्षेत्रीय अधिकृत तुलसीप्रसाद गुरागाई र सेभ द चिल्ड्रेनका शैलेश भुजेलले गरिरहेका छन । नगरपालिकाको आयोजनामा भएको सो तालिम जेठ १९ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार