मिक्लाजुङ(पाचथर) । कोशी नाम खारेजीको लागि “प्रदेश नं.१ पुन: नामङ्कन संयुक्त संघर्ष समिति”ले जारी गरेको कोशी नाम खारेज आन्दोलन प्रति ” किरात याक्थुङ माखिम सङजुम्भो” को पुर्णरूपमा समर्थन रहेको बताएको छ । सङ्जुम्भोले अहिलेको द्वन्द्व पहिचान विरोधी ८२ सांसदहरुले सृजना गरेको द्वन्द्व हो भनेको छ, बिज्ञप्ति जारी गर्दै भनेको छ, `अहिलेको द्वन्द्व प्रदेश नं.१ का पहिचान विरोधी ८२ सांसदहरुले सृजना गरेको द्वन्द्व हो।´
लामो समयदेखि लिम्बुवान आन्दोलन लगायत पहिचानको आन्दोलन भइ रहेकोे बेला एकल नश्लिय र गोत्रीय नाम कोशी थोपरिएकोमा भन्दै किरात याक्थुङ माखिम संजुम्भोले गंभीर ध्यानाकर्षण भएको जनाएको छ। गत फागुन १७ गते प्रदेश नं. १ को नाम कोशी राखे पश्चात पहिचान पक्षधर सामाजिक संघ संस्था, पहिचान पक्षधर राजनीतिक दल, नागरिक समाज आदिले कथित कोशी नामको विरुद्ध निरन्तर संघर्षगर्दै आइरहेका छन् । नामाङ्कन गर्ने बेलामा सङ्जुम्भोले आन्दोलनरत पक्षहरु सङ्ग सरकारले कुनै सम्बाद नगरेकोमा रुष्ट छ । बिज्ञाप्तिमा भनेको छ, `यो नामाकरण गर्ने बेलामा यस भुमिका सरोकारवाला पहिचान पक्षधर र आदिवासी जनसमुदायहरु सँग कुनै परामर्श गरिएन, प्रदेश नं. १ नामाकरण लागि ५ वर्ष देखि आन्दोलनरत पक्षहरुसंग कुनै संवाद गरिएन,प्रदेश सभा सदस्यहरुलाई समेत गोप्य मताधिकार गर्न दिइएन, मिडीयालाई जानकारी दिइएन, कसैलाई कुनै सुइँको समेत नदिई छापामार शैलीमा कोशी नामाङ्कन गरियो। यो निरङकुश शैली भो ।
यसले यहाँ रहेको समस्याको समाधान होइन, झन समाजमा अशान्ति र द्वन्दको बिउ रोपेको छ ।´


107 पटक हेरिएको 








