पथरी । सिलाई कटाई र ब्यागका उद्यमीहरुका लागि सिलाई मेसिन मर्मत तालिमको सुरु भएको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजना गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सो तालिम सुरुवात गरिएको हो । आजदेखि ७ दिनसम्म सञ्चालन हुने सो तालिममा वडा नं. ८, ९, ४,२, ३ र १ का पुराना उद्यमीहरुको सहभागिता रहेको छ । तालिम वडा नं. २ को महिला सञ्जालको भवनमा सञ्चालन भइरहेको छ । प्रशिक्षक आविष्कार बस्नेतले तालिममा सहजीकरण गरिरहेका छन् ।


117 पटक हेरिएको 












