तीन वटा डेन्टल क्लिनिकमा शिलबन्दी

पथरी । नगरपालिकाको कार्यालय पथरीशनिश्चरेले क्लिनिक तथा अस्पतालको अनुगमन गरिएको छ ।
सोमबार नगरका अनुगमन समितिका संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा चापागाई मेडिकल, ॐ जनसेवा डेण्टल क्लिनिक, मेची डेण्टल, कोशी डेण्टल, पथरी हस्पिटल, ॐ शान्ति डेण्टल हस्पिटल, सयपत्री डेण्टल क्लिनिक, मोरङ हस्पिटल, सुदिप मेडिकल, सन्दिप मेडिकल, तारा मेडिसिन सेन्टर र शुभसंगिता फार्मेसी लगायतमा अनुगमन गरिएको थियो ।
अनुगमन गरिएका मध्ये ॐ जनसेवा डेण्टल क्लिनिक, मेची डेण्टल र कोशी डेण्टलमा शिलबन्दी गरिएको छ । शिलबन्दी गरिएका डेन्टल क्लिनिकहरुले अनुमति विनाका सामग्री तथा औषधि विक्री वितरण गरेको, व्यवसाय दर्ता नगरेको, नविकरण नगरेको पाइएको छ । शिलबन्दी गरिएका क्लिनिकहरु तुरुन्त वैधानिकता पूरा गरी सञ्चालन गर्न अनुगमनले सुझाएको छ ।
सो अनुगमनमा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, डा. भेषराज पोखरेल, प्रा. सुमन भण्डरी, शिवकुमार राई, अनुगमन समितिका सदस्य वीरबहादुर राई, उद्योग वाणिज्य संघका प्रतिनिधि यादवचन्द्र दुलाल, वडा नं. १ का अध्यक्ष भीम राई, औषधि व्यवस्था विभाग विराटनगरका प्रतिनिधि र इलाका प्रहरी कार्यालय पथरीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार