धरान । युमा साम्यो महासभा नेपाल जिल्ला शाखा सुनसरीको प्रथम एतिहासिक अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । धरान ८ स्थित सिरेङ् परिवार संघको सभाहलमा भएको अधिवेशन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष मुक्सामहाङ् मेयाङ्गबो लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार वनेम, युमा साम्यो महासभा हङ्कङ्का अध्यक्ष टिका माखिम लिम्बुलगायतको उपस्थिति रहेको थियो । साम्योका केन्द्रीय सचिवद्वय भिम केदेम लिम्बु, सन्तोष कुरुङ्बाङ् र हितराम तिलिङ्ससहितको निर्वाचन टोलीले मोति बहादुर मेन्याङ्बो लिम्बुको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको चयन गरेको छ । समितिको ६ उपाध्यक्षहरुमा प्रसादसिङ् माङ्देन्, श्याम ओख्राबो, रणहाङ् वनेम, कमला इजम, सुमित्रा खेवा, बागदल खजुम, सह–सचिवमा श्रीमति पवित्रा हुक्पाचोङ्वाङ्, कोषाध्यक्षमा जीत बहादुर मेन्याङ्बो र सह–कोषाध्यक्षमा सरस्वती लिम्बु रहेको छ । सदस्यहरुमा
महेश्वर थक्लुङ्, देउमान मेन्याङ्बो, खगेन्द्र आङ्बुहाङ्, मेहेरमान सिङ्जाङ्गो, उमा लिम्बु, मोति हुक्पा चोङ्वाङ्, विष्णु पन्धाक, कमला लिम्बु, महेश्वर कङ्लिबा इजम, दिल बहादुर नाल्बो र अमर तुम्बाहाम्फे रहेका छन् । कार्यक्रमबाट येबा सन्जबिर नाल्बो लिम्बुको अध्यक्षतामा १९ सदस्यीय पेगिफाङ्साम/पेगिफाङ्हाङ सुनसरी जिल्ला समिति समेतको नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षत्रय दिल कुमार वनेम, मिना फोम्बो, निस्ता वनेम, सचिवमा पदम प्रसाद मादेन खेवा, सह–सचिवमा विजय सिरेङ्, सह–सचिवमा पदम फाबेन र कोषाध्यक्षमा अमृता हुक्पा चोङ्वाङ् रहेका छन् । सदस्यहरुमा मंगलसिङ् तुम्बाहाम्फे, धन बहादुर. ओख्राबो, दिल कुमारी वनेम, कुमार नाल्बो, सहरमान फुरुम्बो, सुखराज वनेम, डम्बरध्वज वनेम, लिला वनेम, कविता वनेम, विष्णु वनेम र प्रेम ब. वनेम छन् ।
समितिको सल्लाहकारहरुमा मन कुमार लाबुङ् र राकेश नेयङ् लिम्बुलाई चयन गरेको छ ।


126 पटक हेरिएको 












