बैधानिता पुरा गरेपछि क्लिनिक खोलियो

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले वडा नं. १ बजारमा अवस्थित तीन वटा डेण्टल क्लिनिकमा लगाइएको ताला खोलेको छ ।

डेन्टल क्लिनिकहरुले नगरबाट अनुमति, व्यवसाय दर्ता गरी नविकरण हुन बाँकी नविकरण लगायत वैधानिकता पूरा गरेपछि ताला खोलिएको हो । गत साता डेण्टल क्लिनिक तथा अस्पतालको अनुगमन गरी वैधानिकता पूरा नगरेका क्लिनिकहरु शिलबन्दी गरिएको थियो । आज नगरका अनुगमन समितिका संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा जनसेवा डेण्टल क्लिनिक, मेची डेण्टल, कोशी डेण्टलमा लगाइएको शिलबन्दी खोलिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार