पथरी । पथरी नगर अस्पताल पथरी शनिश्चरे मोरङमा फिजियोथेरापी सेवा सुरु भएको छ ।
आइतबार नगर प्रमुख मोहन प्रसाद तुम्वापो र उप प्रमुख देबिमाया काफ्लेले रिवन काटेर सो फिजियोथेरापी सेवाको सुरुवात गरे । सो कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा नं. २ का अध्यक्ष नैना राई, कार्यपालिका सदस्य पदम धिमाल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, नगरका कर्मचारी र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।


89 पटक हेरिएको 








