पाँच दिने मेलमिलाप तालिम सकियो 

पथरी । पथरी शनिश्चरे नगरपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलापकर्ताहरुका लागि ५ दिने मेलमिलाप तालिमको समापन भएको छ ।
सोमबार नगरपालिकाको सभाहलमा न्यायिक समितिका संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा सो तालिमको समापन भएको हो । तालिममा सहभागीको तर्फबाट रुकमणि बजगाई र दुर्गा प्रसाद सिटौलाले आफ्ना कुरा राखेका थियो ।  कार्यक्रममा १० वटै वडाका मेलमिलाप केन्द्रबाट सहभागीहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो । तालिमको सहजीकरण नगरपालिकाका कानुनी सल्लाह दिपक राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार