पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा बर्थिङ सेन्टरमा कार्यरत प्रसुति सेवा प्रदायकहरुलाई एम.एन.एच. सम्वन्धी अनसाईट कोचिङ क्लिनिकल मेन्टोरिङ कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार पथरी नगर अस्पतालमा सो कार्यक्रमको समापन गरिएको हो । कार्यक्रम असार ४ गतेदेखि सञ्चालन भएको थियो । कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापो, नगर उप–प्रमुख देविमाया काफ्ले, वडा नं. २ का वडाध्यक्ष नैना राई, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, अस्पतालका डाक्टर, प्राविधिक र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।


109 पटक हेरिएको 








