पहिलो नागरिक धिमाललाई उद्घोषण तालिम 

पथरी । पहिलो जाति धिमाल समुदायका युवाहरुको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिमको उद्घाटन भएको छ ।
नगरपालिकाको सहयोगमा भएको तालिम पहिलो नागरिक धिमाल व्यवस्थापन समितिको आयोजनामा गरेको हो ।
तालिममा १० वटा धिमाल टोलका प्रतिनिधिहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा वडा नं. ८ का अध्यक्ष एवं नगरका प्रवक्ता नविन कार्की, प्रशिक्षक देशराज नेम्बाङले मन्तव्य राखेका थिए । शनिबारबाट पथरीको मनोहर होटल एण्ड पार्कमा सुरु भएको तालिम असार ११ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार