केन्द्रद्वारा आधुनिक तान वितरण

पथरी । धिमाल जातीय विकास केन्द्र पथरी शनिश्चरे नगर समितिले आधुनिक तान वितरण गरेको छ ।

बुधबार नेपाल आदिवासी जनजाति महासङ्घले विनियोजन गरेको ५० हजार रकमबाट तान वितरण गरेको हो ।  पथरी शनिश्चरे ९ को कुसेचौरी गाउँ टोल, वडा नम्बर ६ को भातेगौडा गाउँ टोल र वडा नम्बर १ को पथरी गाउँ टोल समितिलाई १/१ थान तान वितरण गरेको धिमाल जातीय विकास केन्द्रकि केन्द्रीय सचिवालय सदस्य रोमान्सी धिमालले बताइन् । केन्द्रकी नगर कोषाध्यक्ष प्रमिसा धिमालले संचालन गरेको कार्यक्रम केन्द्रका नगर अध्यक्ष साजन धिमालको अध्यक्षता भएको थियो । पथरी शनिश्चरेमा १३ वटा गाउँ टोल रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार