बारा । चंद्रिका मगरको अध्यक्षतामा मेची महाकाली बुहारी संयुक्त आवाज बाराको कार्य समिति सर्वसम्मत चयन गरिएको छ ।
१९ सदस्यीय नव गठित समितिको उपाध्यक्षमा सकुन्तला कुमारी लामा (सगुन), शान्ति लामा, सचिवमा उषा थापा मोक्तान, कोषाध्यक्षमा लक्ष्मी लम्साल, सह कोषाध्यक्षमा रुपा घलान र सहसचिवमा शारदा विष्ट चयन भएका छन् । समितिको सदस्यहरुमा अनिता पाण्डे, कृष्णकुमारी थापा मगर, नेत्रकुमारी थापा, निजगढ नगरकार्यापालिकाकी सदस्य मिना चौरेल, लक्ष्मी लामिछाने, नेत्रकुमारी सापकोटा, मिना सापकोटा, ईश्वरी खड्का, देवकी अधिकारी, प्रीति लम्साल, शोभा खनाललगायत छन् । त्यस्तैगरि सल्लाहकारहरुमा शुभद्र पौडेल, कल्पना खरेल, चन्दा लामा, सुनमाया लोप्चन लगायत छन् ।
संयुक्तकी बरिष्ठ उपाध्यक्ष सकुन्तला लामा (सगुन)को अध्यक्षतामा
भएको उक्त कार्यक्रम मधेस प्रदेश सभा सदस्य मिना लामा (माला) को प्रमुख आतिथ्यतामा भएको थियो ।


64 पटक हेरिएको 








