सेवारो पोस्टका प्रधान सम्पादक बेघा सम्मानित

पथरी । सेवारो पोष्ट डटकम(पथरी शनिश्चरे) का प्रधान सम्पादक फिपराज बेघा लिम्बु  सम्मानित भएका छन् ।
२३ वर्ष अघि पत्रकारिता थालेका बेघालाई पथरी शनिश्चरे नगरपालिकाले अग्रज पत्रकारिता सम्मान २०८० प्रदान गरेको हो ।
पत्रकार सम्मान, संचार माध्यम पुरस्कार तथा लेखन वृद्धि वितरण कार्यक्रममा उनलाई नगर प्रमुख मोहनप्रसाद तुम्बापो, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले सम्मान पत्र, मुहार चित्र, नगद राशी २० हजार र दोसल्लाले सम्मानित भएका हुन् । मोफसल साप्ताहिक र साइनोखबर डटकममा सम्पादक भइसकेका बेघा हाल सेवारो पोस्ट, क्रेजी डटकम साप्ताहिकलगायत मिडियाहरुमा आवद्ध छन् ।

यसवर्षको उत्कृष्ट सञ्चार माध्यम पुरस्कार प्रदेश दैनिक अनलाइनलाई प्रदान गरिएको छ । वार्षिक रुपमा वितरण गर्दै आएको नगद २५ हजार राशीको सञ्चार माध्यम पुरस्कार २०८० प्रदेश दैनिकलाई प्रदान गरेको हो ।

नगरभित्रका विभिन्न संचार माध्यमहरूमा कृयाशिल छविराज ढकाल  (पूर्वाञ्चल दैनिक र विराट टेलिभिजन), केशवप्रसाद निरौला (स्वतन्त्र लेखक), भूमि प्रसाद पाठक (सगरमाथा अनलाईन), प्रेम केडी भट्टराई र ईश्वर दुलाल ( क्रेजी साप्ताहिक)लाई नगरमा सशक्त पत्रकारिता गरेवापत लेखनवृत्ति शिर्षकमा पुरस्कृत गरिएको थियो। उनीहरूलाई जनही ५ हजारका दरले रकम प्रदान गरिएको थियो। पालिकाका प्रमुख प्रशासकीय अधिकृत खरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, पथरी शनिश्चरे नगरका प्रवक्ता नवीनजंग कार्की, सूचना सम्पादक सन्तोष राई, कार्यपालिका सदस्य मिना कुमारी तामाङ, लेखा शाखाका प्रमुख पिताम्बर वस्ती लगायतका उपस्थिति रहेको थियो।
तस्वीरहरु: कारण धिताल ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार