बनले समूह संचालन तथा बन व्यवस्थापन गर्न सिकायो

पथरी । समुह संचालन तथा बन व्यवस्थापन सम्बन्धी १ दिने प्रशिक्षण सम्पन्न भएको छ ।

आइतबार सामुदायिक वन उपभोक्ता महासङघ नगर समिति पथरी शनिश्चरे मोरङको आयोजनामा नगर अवस्थित बन समूहका अध्यक्षलगायत ५/५ जना गरि कुल ६० सहभागीलाई प्रशिक्षण गराएको हो । महासङ्घका प्रदेश सदस्य अग्नी पौडेल प्रशिक्षक रहेको कार्यक्रममा महासङघकी प्रदेश महासचिव रेनुका दाहाल, प्रदेश सदस्य सुनिता तामाङ, जिल्ला अध्यक्ष कृष्ण लुइँटेल, जिल्ला उपाध्यक्ष मदन पोख्रेल, जिल्ला सदस्य सोभा तिम्सिनालगायतको आतिथ्य रहेकोे थियो ।  डास मोरङी सामुदायिक वन उपभोक्ता समूह जिरिखिम्तीमा भएको कार्यक्रम, महासङघका नगर सचिब हेम भक्त गुरुङले  सन्चालन तथा नगर अध्यक्ष मैनादेबी फुयालको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार