अपाङ्गताहरूको निरीक्षण एवं परीक्षण

पथरी । स्थानीय सरकार पथरी शनिश्चरे नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निरीक्षण एवं परीक्षण गरिएको छ ।
आइतबार नगरपालिकाका उप–प्रमुख देवीमाया काफ्लेको अगुवाईमा अपाङ्गता भएका व्यक्तिहरुको निरीक्षण एवं परीक्षण गरिएको हो । वडा नं. ३ का मंगलबहादुर तामाङको नयाँ परिचय पत्र निरीक्षण, वडा नं. २ की समिक्षा राजभण्डारीको परिचय पत्र नविकरणको लागि निरीक्षण, वडा नं. ४ की कृष्णकुमारी संग्रौलाको कार्ड संसोधन, वडा नं. २ को निशा लिम्बुलाई पोषण सहयोग, आइतरानी लिम्बुको पोषणमा सहयोग, वडा नं.२ की इन्दिरा गुरुङको होम भिसिट र वडा नं. २ को होम भिसिट साथै घरमा आधारित शिक्षा अन्तर्गत व्याग वितरण गरिएको छ ।
निरीक्षण एवं परीक्षणमा नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल, नगर अस्पतालका डाक्टर भेषराज मिश्र र नगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार