सुनदह सहकारी अध्यक्ष भण्डारीसहित ३ जना पुर्पक्षको लागि कारागार चलान

पथरी । सुनदह बचत तथा ऋण सहकारी संस्था पथरी शनिश्चरे ६ मोरङका अध्यक्ष सहित ३ जनालाई ठगी कसूरमा पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।

संस्थाको व्यवस्थापक वर्ष ४४ का राजेन्द्र तामाङ र लेखा सहायक वर्ष ४६ का विश्वनाथ चौधरी र अध्यक्ष वर्ष ४५ का लाल बहादुर भण्डारीलाई कारागार चलान गरेको जिल्ला प्रहरीले जनाएको छ ।  वडा नम्बर ६ का तीनैजनालाई तारा खड्का समेत ९८ जना बचतकर्ताहरूको जम्मा ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना गरी ठगी गरेको आरोप लगाइएको थियो । ठगीको कसूरमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले तीनैजनालाई पक्राउ गरी ठगी सम्बन्धि कसूरमा अनुसन्धान पश्चात मोरङ जिल्ला अदालतको आदेशले तीनैजना प्रतिवादीहरू पुर्पक्षको लागि कारागार चलान भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार