पथरी शनिश्चरेमा नापी कार्य सुरु

पथरी । पथरी शनिश्चरे नगरपालिकामा नाप नक्सा तयारीको क्रममा राखिएका नियन्त्रण विन्दुहरुको प्रथम पटक निरीक्षण (नापी) कार्य सुरु गरिएको छ ।

मङ्गलबार पालिकाको वडा नं. ८ ब्लक नम्बर २ मा नगरपालिकाको प्राविधिक टोली र नापी कार्यालयको संयोजनमा निरीक्षण कार्य अघि बढाइएको हो । सो कार्यको उद्घाटन राष्ट्रिय भूमि आयोग जिल्ला  अध्यक्ष सुशिला घिमिरेले गरिन । यस्तै नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाले सौहार्दपूर्ण वातावरणमा सो कार्य सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरे । कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष नविन कार्की, आयोगको नगरस्थित स्रोत केन्द्रका प्रमुख ताराप्रसाद ढकाल, वडा सदस्यहरु बाबुराम चौधरी, शान्ता योङहाङ, झमकबहादुर लिम्बू, शिवकुमारी बि.क., आयोगका सदस्य सचिव सुदिप श्रेष्ठ, बिज्ञ सदस्य प्रेमराज भारतीलगायतको उपस्थिति रहेको थियो ।  ।कार्य सम्पन्न गर्न २५ दिन लगभग लाग्ने वडाध्यक्ष नविन कार्कीले जानकारी दिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार