मधेसी स्वास्थ्यकर्मी फोरम नेपालले पन्ध्रौं स्थापना दिवस

बिराटनगर । मधेसी स्वास्थ्यकर्मी फोरम नेपालले पन्ध्रौं स्थापना दिवस मनाएको छ ।

बिहीवार, फोरमको कोशी अस्पताल इकाई समितिको आयोजना तथा मोरङ जिल्लाको सहयोग स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा  खुल्ला रक्त दान एवम बृक्षारोपन कार्यक्रम गरिएको थियो । कोशी अस्पतालको अर्थो ओपीडी प्राङ्गणमा वृक्षारोपण गरिएको कार्यक्रममा २७ पृन्ड रगत संकलन भएको थियो । कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.चन्द्र भाल झा, फोरमका महासचिव कृष्ण लाल यादवलगायत अतिथिहरुले कार्यक्रममा सम्बोधन गरेका थिए । २०६५ साल असार २८ गते बिरगंजमा फोरमको स्थापना भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार