पथरी । हरियाली सामुदायिक वन लिमिटेड पथरी शनिश्चरेको प्रथम साधारणसभा बिहीवार सम्पन्न भएको छ ।
लिमिटेडका अध्यक्ष अशोक साम्पाङले आ.व. २०७७/०७८, ०७९ को प्रगति प्रतिवेदनमा ३ लाख १ हजार ३ सय ७० रूपैयाँ प्रसासनिक खर्च, आय–व्यय अन्तर्गत क्रमशः बैंक ब्याज आम्दानी २ लाख ६७ हजार ८ सय ८८ रूपैयाँ, प्रसासनिक खर्च ४ लाख ६० हजार ८ सय ४३ रूपैयाँ रहेको उल्लेख गरे । कार्यक्रममा शुभकामना मन्तव्य वडा नम्बर २ का वडा अध्यक्ष नैना राई, नगरपालिकाका शिक्षा समिति सदस्य भद्रमान विश्वकर्मा, हरियाली कम्पनीका संस्थापक अध्यक्ष देविप्रसाद भेट्वाल, हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर (विकास)ले राखेका थिए । लिमिटेडमा ८ सय ६३ जना शेयर सदस्य रहेका छन् ।


103 पटक हेरिएको 












