किराँती चोक(पथरी)। मोरङ पथरी शनिश्चरे ७ का २ जना विद्यार्थीलाई जनही नगद १५ हजार नगद हस्तान्तरण गरिएको छ ।
त्रवृत्ति पाउनेमा पथरी शनिश्चरे नपा. वडा नं. ७ निवासी जिना विशुङ्खे र ऐमान गिरी रहेका छन् ।
२०७९ सालको एस.ई.ई.मा उत्तीर्ण एसान गिरी(जी.पी.ए ३.३५) र जिना विशुङ्खे (जी.पी.ए. ३.१०)लाई छात्रवृत्ति स्वरुप रकम हस्तान्तरण गरिएको हो । चन्द्रकिरातेश्वर माध्यमिक बिद्यालयबाट एस.ई.ई. उत्तीर्ण एसान र जिना स्थानीय पञ्चायत माध्यमिक विद्यालयमा विज्ञान विषयमा अध्ययनको तयारीमा रहेका छन् । लर्ड बुद्ध वचत तथा ऋण सहकारी सस्था लिमिटेडमा स्थापित अक्षयकोषबाट वितरित छात्रवृत्ति
संस्थाका अध्यक्ष धनराज राई र अक्षयकोष स्थापनाकर्ता गोपाल काफ्लेले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडा नं. ७ की सदस्य सपना राई, चन्द्रकिरातेश्वर माविका अध्यक्ष काँशीराज राई, प्रधानाध्यापक हर्कराज जिमी, पथरी शनिश्चरे नगरपालिकाको सुचना संयोजक सन्तोष राई लगायतहरूको उपस्थिति रहेको थियो ।


248 पटक हेरिएको 












