दोहलु(शनिश्चरे)। पथरी शनिश्चरे वडा नं. ८ दोहलु शुक्रबारे मार्ग (मंगलबारे–शुक्रबारे) सरसफाई कार्यक्रम गरिएको छ ।
वडा कार्यालयद्वारा आयोजना गरिएको सरसफाइ कार्यक्रममा वडाका युवा तथा महिलाहरूको उपस्थिति रहेको थियो ।
वडा कार्यालयले यसअघि नै वडाभित्रका सबै बाटोहरुमा पर्ने आफ्नो घर अगाडिको बाटो क्षेत्रभित्र रहेका झाडी, बुट्यान, रुख आदि हटाएर सहयोग गर्न अनुरोध गर्दै सूचना प्रकाशन गरेको थियो ।
सूचनाको बेवास्ता गरेको पाइएपछि शनिबार वडा अध्यक्ष नवीन कार्की वडा सदस्यहरु बाबुराम चौधरी, झमकबहादुर लिम्बु आफै सरसफाइमा लागेका छन् । अब क्रमैसँग सबै बाटोहरु सरसफाइ गरेर सडक दुर्घटना र बिद्युत दुर्घटना न्यून गर्न पहल गरिने वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिए ।


99 पटक हेरिएको 












