१० बिघे(उर्लाबारी)। वेष्टर्न मिचिगन युनिभर्सिटी अमेरिकाका प्राध्यापक डा. महेन्द्र लावतीले संसारमा सामाजिक लोकतान्त्रिक दलले कम्युनिस्ट दलहरू भन्दा बढी जनसेवा गरिरहेको बताएका छन् ।
सोमबार उर्लाबारीस्थित धिमाल जातीय बिकास केन्द्रमा आयोजित पहिचान, संघीयता र समृद्धि बिषयमा अन्तरक्रिया गर्दै उनले सो कुरा गरेका हुन् । वर्गको कुरा उठाउनु भनेको कम्युनिस्ट बन्नु होइन, भन्दै उनले पहिचानबादीले पनि वर्गको कुरा उठाउनुपर्ने बताए ।`कम्युनिस्टले मात्र वर्गको कुरा उठाउदैन । आज वर्गीय मुद्दा उठाएर बढी जनसेवा गर्ने दल कम्युनिस्ट होइन, संसारमा ।´ उनले भनेका छन्, `गरिब, मजदुर, मध्यम वर्गको बढी सुबिधा दिने दल संसारमा सामाजिक लोकतान्त्रिक दलहरू नै हो ।´विगतको चुनावको तथ्यांकले पहिचानबादी दलहरु बिस्तार भए पनि काठमाडौका तथाकथित संचार माध्यममा पहिचानको आन्दोलन हराएको सेलाएको भनेर भ्रम छरिरहेकोमा आक्रोश पोखे । पहिचाबादी दल लोसपा र जसपाले चुनाव जितेको, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको उदय भएकाले पहिचानबादी दल बिस्तार भइरहेको प्राध्यापक डा. लावतीको तर्क थियो । उनले प्रश्न गरे,`अलिकति सिट घटदैमा पार्टी हरायो, आन्दोलन हरायो भन्ने हो भने, यसपाली एमालेले कम सिट जित्यो । के एमाले हरायो त?´

प्रदेश न १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति, मोरङको आयोजनामा भएको कार्यक्रममा किरात राई यायोख्खाका उपाध्यक्ष तिलक राई, धिमाल जातीय बिकास केन्द्रका महासचिब मातृका धिमाल, किरात याक्थुङ चुम्लुङका संघीय सदस्य बिमला पालुङ्वा, जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य लोक सागर साम्बालगायतले पनि बोलेका थिए ।


115 पटक हेरिएको 








