पथरी । दादुरा रुवेला खोप अभियान सञ्चालन सम्वन्धी वडा स्तरीय खोप समन्वय समिति र सरोकारवालाहरुसँगको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
मंगलबार वडा नं. ६ को रामजानकी आधारभूत बिद्यालय भातेगौडा र वडा नं. ८ को बुद्ध माविमा कार्यक्रम गरिएको हो ।
वडाका वडाध्यक्ष, विद्यालयका प्राचार्य, स्वास्थ्यकर्मीहरु, वडा सदस्यहरु, स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको कार्यक्रममा एकराज खत्रीले सहजीकरण गरे । भोलि वडा नं. १ र १० मा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ ।


141 पटक हेरिएको 








