मोरङ । नेकपा (एस) नगर समिति पथरीशनिश्चरेले नगरपालिकालाई ज्ञापन पत्र शुक्रबार बुझाएको छ ।
पुरानो सरसफाइ शुल्क र नागरिकता प्रतिलिपि दस्तुर नलिन ज्ञापनमा पत्र मार्फत अनुरोध गरेको छ । नगर प्रमुख मोहन तुम्बापोलाई कार्यकक्षमा भेटेर पुरानो शुल्क नउठाउन ३ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
पथरीशनिश्चरे नगरपालिकाले अन्य सेवा लिन आउने सेवाग्रहीलाई २०७४ देखिको २०८० सम्म छ बर्ष फोहोर मैला शुल्क एक मुष्ट लिएर मात्र लिन सेवा दिने गरेको ज्ञापन पत्रमा उल्लेख छ । सेवाग्रहीलाई पुरानो शुल्क छुट गरेर २०८० को मात्र लिन ज्ञापन पत्रमा उल्लेख छ । एक मुष्ट छ बर्षको फोहोर मैला शुल्क तिर्न नसक्ने जनता सेवा लिनबाटै बञ्चितहुँदै आएको र नागरिक्ताको प्रतिलिपि सिफासिर दस्तुर पाँच सय वडा कार्यालयहरुले लिदै आएकोले सो शुल्क हटाउन नेकपा (एस)ले माग गरेको छ ।
नेपाली नागरिक्ता निशुल्क पाउने व्यवस्था भएको भन्दै प्रतिलिपि सिफारिस शुल्क हटाउन र जेष्ठ नागरिक, एकल महिला र फरक क्षमता भएका व्यक्तिहरुको परिचय पत्र नवीकरण शुल्क समेत हटाउन माग गरेको छ ।
नेकपा (एस)को नगर अध्यक्ष तुलशी ढकाल, सचिव देबेन्द्र वनेमको हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाउन संविधान सभा सदस्य चण्डीप्रसाद राई, प्रदेश समिति सदस्य, मानप्रसाद लिम्बू, टंक भण्डारी, वडा ३ का वडा अध्यक्ष राज लिम्बू लगायत नगरपालिका पुगेका थिए । नगर प्रमुख मोहन तुम्बापोले आउने हिउँदे नगर अघिवेशनमा छलफल चलाउने बताए ।


99 पटक हेरिएको 








