कीर्तिपुर र सोमबारेमा प्रहरी चौकी माग गर्ने निर्णय

पथरी । पथरीशनिश्चरे नगरपालिकाले विभिन्न निर्णयहरु पारित गरेको छ ।
सोमबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा बसेको बैठकले ३ वटा निर्णयहरु पारित गरेको हो । नगरपालिकमा लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन खरिद गरेर गाईवस्तुलाई किसानको गोठमा गएर निःशुल्क लगाउने, प्रहरी चौकी वडा नं. ७ को किर्तिपुर र वडा नं. ८ को सोमबारेको लागि जिल्ला प्रशासन कार्यालयमा माग गर्ने, पथरीशनिश्चरे–३ निवासी त्रिसव तिम्सिना नेपालको प्रतिनिधित्व गरी ग्रिसमा हुन गइरहेको नेशनल एस्ट्रोनोमि ओलम्पिक–२०२३ मा भाग लिन जानको लागि आर्थिक सहयोग गर्ने निर्णय भएको नगर प्रवक्ता नविन कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार