बिराटनगर । साउन १९ गते अन्दाजी १७:४५ बजे बिराटनगर ४ नोवेल नहर छेउमा लाग्ने शुक्रवारे हटियामा भएको सुनको सिक्री चोरीमा संलग्न १ जना पक्राउ परेका छन् ।
हटियामा विराटनगर ३ बस्ने खड्ग माया कार्कीले तरकारी किनिरहेको अवस्थामा सिक्री चोरी भएको थियो । किनमेल गरिरहेको अवस्थामा नाबालकहरू सांकेतिक नाम विराटनगर १६ र १७ ले घाटीमा लगाएको २ तोलाको सुनको सिक्री चोरी गरेको थियो । उनीहरूलाई तत्काल पक्राउ परी प्रारम्भिक अनुसन्धान प्रहरीले गरिरहेको छ । विराटनगर ८ स्थायी घर भई हाल विराटनगर ३ स्थितमा कोठा भाँडामा लिएर बस्ने बर्ष २८ को अंकित भन्ने हरकित साहले निज सांकेतिक नामहरुलाई बोलाई चोरी गर्न लगाएको सिक्री चोरी गरी निज साहलाई दिएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले साउन २० गते विराटनगर ११ बाट निज साहलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनायो ।


109 पटक हेरिएको 












