वीर अस्पतालका निर्देशक डा. पौडेलमाथि कार्बाहीको माग

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलमाथि  कारबाहीको माग गरेका छन् ।

वीर अस्पताल रेडियोलोजी बिभागका रेडियोग्राफी निरीक्षक द्वारिका प्रसाद यादबमाथि हातपात र दुर्ववहार गरेको खवर प्रति ध्यानाकर्षण भएको भन्दै सरोकारवाला सस्थाहरुले कार्वाहीको माग गरेको हो ।नेपाल मधेसी निजामती कर्मचारी मंच,  नेपाल रेडियोलोजिकल सोसाइटी र मधेसी स्वास्थ्यकर्मी फोरम, नेपालले डा. पौडेलको ज्यादति बढ्दै गएको भन्दै कारबाहीको माग गरेका हुन् । डा. पौडेलमाथि वीर अस्पतालमा कार्यरत विभिन्न शाखा कर्मचारीहरुलाई विगतदेखि नै गालीगलोच र अपशब्द भन्दै आइरहेको आरोप लाग्दै आएको छ ।  यसअघि ट्रमा सेन्टरको निर्देशक हुँदा पनि कर्मचारीलाई गालिगलोज गर्ने धम्काउने , अपशब्द प्रयोग गर्ने जस्ता कार्य गरेको भन्दै उजुरी परेको थियो ।

यसअघि डा. पौडेलले दुर्व्यवहार र भौतिक आक्रमणको छानबिन गरी कारबाही गर्न र सुरक्षाको माग गर्दै एक कर्मचारीले प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति र मधेसी आयोगलाई उजुरी पत्र समेत पठाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार