नगर प्रमुख तुम्वापोद्वारा स्वास्थ्य सेवा शिलान्यास

पथरी । पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहन प्रसाद तुम्वापोले शरणार्थी शिविरवासी र नगरपालिका बीच सहयोग आदान प्रदान भइरहेको बताएका छन् ।
आज वडा नं. १० मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको सिलान्यास कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तुम्वापोले सो कुरा बताएका हुन् । नगरपालिका र इन्ट्रा फाउण्डेन्सन नेपाल बीच एम्वुलेन्स सञ्चालन र आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाको लागि सम्झौता भएअनुसार स्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरिएको हो । उनले ‘हामी जस्तोसुकै परिस्थिति यानेकी अफ्ठ्यारोमा या भनौ महामारीमा नगरकै आधारमा सहयोग आदान प्रदान गरिरहेका छौं । भावी दिनमा पनि यही सदासहायता हामी बीच कायम रहनेछ ।’ इन्ट्रा फाउण्डेसन नेपालका अध्यक्ष डिल्ली अधिकारीले भने, ‘शिविरवासीलाई सक्ने जति सहयोग गरिरहेका छौं । र, यहाँ अब स्वास्थ्य चौकीका आज शिलान्यास भएको छ । हामीले प्राथमिक उपचार उपलब्ध गराउनु मात्र पनि सामाजिक कार्य गरेका छौ भन्ने लाग्छ र यस क्याम्पमा सधैं सहयोग गरिरहनेछौं ।’ कार्यक्रममा नगरका उप–प्रमुख देविमाया काफ्ले, वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, भूटानी शरणार्थी शिविर क्याम्प सचिव चम्पासिंह राई, नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, इन्ट्रा फाउन्डेसन नेपालका संयोजक राम बानिया, कलाकारहरु, सुरक्षाकर्मी, बुद्धिजिवी तथा वडावासीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार