विराटनगर । हिजो अदालतले परमादेश जारी गरेसङगै कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।आज कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले सपथ ग्रहण गराएका हुन् ।
बिहीबार सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।
कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री पनि नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वोलाई खानेपानी, सिंचाइ तथा उर्जामन्त्री, एकराज कार्कीलाई भौतिक पूर्वाधार मन्त्री र पाँचकर्ण राईलाई पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्ति गरेका हुन् । सिर्जना राई सामाजिक विकास राज्यमन्त्री बनेकी छिन् । चारै जनाले सपथ ग्रहण गरिसकेका छन् । मुख्य मन्त्री कार्कीले सामाजिक सहित ३ मन्त्रालयको जिम्मेवारी लिएका छन् ।


93 पटक हेरिएको 












