पथरी । “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ आज हामी ५९ औं राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइन्दैछ।
विशेषगरि विद्यालय लगायत स्थानीय तह, प्रदेश र नेपाल सरकारले वर्षभरिमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्धन, सम्मान, प्रवर्धन र परिषूर्ति गर्ने विशेष दिनको रुपमा यो दिवस मनाइन्छ। यस ऐतिहासिक अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले बालबालिकाहरूमा उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गरेका छन् । `नेपालको संविधान, बालबालिका सम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्थाहरू कार्यान्वयन गर्न/गराउन योजना तथा कार्यक्रम तर्जुमा गरी बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्धन, सम्मान, प्रवर्धन र परिषूर्ति गर्न नेपाल सरकार प्रतिबद्ध छ।´ शुभकामना सन्देश लेखिएको छ, `विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र सम्वर्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवार सहयोग तथा सहयोग प्रायोजन गरी बालबालिकालार्इ सम्बन्धित परिवार तथा पारिवारिक हेरचाहमा हुर्कन सक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएकोले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक छ।´ बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारहरूको संरक्षण र संवर्धन गर्न गराउन नेपाल सरका र प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकाय र सम्बन्धित स्थानीय तहलार्इ आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न उनले अपील गरे ।


109 पटक हेरिएको 












