पाडी करणी गरेको आरोपमा एक युवा पक्राउ

पथरी ।  भैसीको पाडी करणी गरेको आरोपमा झापा शिवसताक्षी ७ का एक ब्यक्तिलाई प्रहरीले पक्राउ परेको छ ।

आइतबार विहान करिव ११ बजेतिर पथरी शनिश्चरेको जङ्गलमा चरनमा बाधेको भैसीको पाडीलाई नियन्त्रणमा लिइ ती व्यक्तिले करणीको प्रयास गरेका थिए । पशुपालक किसानले बाधेको ठाउमा नदेखेपछि खोजीको क्रममा बाधेको स्थानदेखि केही माथि लगि पाडीलाई बलात्कार गर्नै लाग्दा स्थानीयले देखेर आरोपितलाई नियन्त्रणमा लिई प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीले पाडीलाई बलात्कार गरेको आरोपमा वर्ष ४१ का व्यक्तिलाई  पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख गणेश कुमार श्रेष्ठले बताए । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय पथरीमा राखि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार