बिराटनगरमा पहिचानबादीको बृहत मोटरसाइकल र्‍याली

बिराटनगर  । पहिचान पक्षधरहरुद्धारा इटहरी-बिराटनगरमा बृहत मोटरसाइकल र्‍याली निकालिएको छ ।

‘कोशी नाम’ खारेज गरी पहिचानको आधारमा प्रदेशको नामकरण गरिनुपर्ने माग राख्दै प्रदेश १ पुनः नामङ्कन संघर्ष समितिको आयोजनामा र्‍याली निकालिएको हो ।

जसपाका नेता सागर सरगम चेम्जोङका अनुसार इटहरी– १ देखि सुरु भएको र्‍यालीलाई विराटनगरको गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत गरिएको छ । ‘प्रदेशको नाम कोशी खारेज गर’, ‘प्रदेश नाम कोशी मुर्दावाद’, ‘सहिद पदमकुमार लिम्बु लाजेहाङ अमर रहुन्’, ‘पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामकरण गर्’ भन्ने नारासहितको सभालाई विभिन्न घटकका नेताहरुले सम्बोधन गरेका छन् ।

सभालाई सम्बोधन गर्दै किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचोले यो सांकेतिक विरोध र्‍याली मात्रै भएको बताए । अहिले काम चलाउ सरकार मात्रै रहेको भन्दै स्थायी सरकार आएपछि अझ सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए ।

किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम याक्तेनले आन्दोलनले उठाएको एजेण्डालाई स्थापित गर्नु यो प्रदेशको भलो रहको बताएका छन् । `प्रदेको नाम संसोधन गर्नुको लागि कोशीलाई खारेजी गरेर आन्दोलनलाई उठाएको एजेण्डालाई स्थापित गर्नुस यो प्रदेशको भलो त्यहाँ सम्भब छ । ’ उनले भने । आन्दोलनलाई कमजोर बनाउन देश तथा विदेशी कुनैपनि शक्तिले चलखेल नगर्नु समेत उनले आग्रह गरे।
विभिन्न बाहानामा धार्मिक, सांस्कृति, विद्धेष फैलाउन धरानमा एउटा घटना घटाउन खोजिएको आरोप लगाउदै उनले जसलाई आफूहरुले बुद्धिमता पूर्वक रोक्न सफल भएको बताए  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार