बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार मन्त्रिपरिषद् बिस्तार गरेका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् बिस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरुमध्ये सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालय, मोरङ्का लिलावल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी सुनसरीका रामप्रसाद महतोलाई (राज्यमन्त्री उद्योग, कृषि तथा सहकारी मन्त्रालय), धनकुटाका निरन राईलाई (राज्यमन्त्रालय आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।अधिकारी यस अगाडि भीम आचार्यको मन्त्रिमण्डलमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री थिए । त्यस्तै बुद्धिकुमार राजभण्डारी कार्कीकै मन्त्रिमण्डलमा सामाजिक विकास मन्त्री थिए । भने राम प्रसाद मेहता र निरन राई यसअघि पनि मन्त्रीको दाबी गर्दै आएका थिए ।
नवनियुक्त मन्त्रीहरुलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथ गराएका हुन् । यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छ्न ।


112 पटक हेरिएको 












