सहकारी सञ्चालकहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिम

पथरी । पथरी शनिश्चरे नगरको नियमत क्षेत्रधिकार भित्रका सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
हिजो (विहिबार) तालिमको उद्घाटन नगर प्रमुख मोहनप्रसाद तुम्वापोले गरे । आज तालिममको समापनमा नगर प्रमुख तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, आर्थिक विकास समिति संयोजक उद्धवराज बस्नेतको उपस्थिति रहेको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बेलबारी मोरङका बरिष्ठ उपाध्यक्ष एकराज निरौलाले सहजीकरण गरेको तालिममा सहभागीहरुलाई अतिथिहरुले प्रमाण–पत्र वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार