पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ‘स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा कार्यक्रम’ सुरु भएको छ ।
आज नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा भएका स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा कार्यक्रम सुरु भएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रम असोज १८ गतेसम्म सञ्चालन हुनेछ ।
वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य संस्थाहरू पथरी नगर अस्पताल, शनिश्चरे स्वास्थय चौकी, हसन्दह स्वास्थ्य चौकी, बी.एन.एम.टी. मोरङ, एन.एल.आर. विराटनगर, फेयरमेड नेपाल, करुणा फाण्डेशन, पथरी अस्पताल प्रा.लि., मोरङ हस्पताल प्रा.लि., नगरपालिका स्वास्थ्य शाखा र नगरको आधारभूत स्वास्थ्य केन्द्रहरुले आ–आफ्नो प्रस्तुति राख्नेछन् ।
सो कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शशी राईले शुभकामना मन्तव्यसँगै स्वास्थ्य शाखाका कर्मचारीहरुलाई निर्देशन पनि दिए । यस्तै स्वास्थ्य कार्यालय मोरङका शेखर यादवले वार्षिक समीक्षा कार्यक्रमको प्रशंसा गर्दै मन्तव्य राखे । कार्यक्रममा वडाध्यक्षहरू लोकनाथ न्यौपाने, चेतेन्द्र खड्का, उद्धवराज बस्नेत, बिजय लिम्बु, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, योजना शाखा प्रमुख शिव राई, नगरका स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।


132 पटक हेरिएको 












