‘लिम्बू इतिहास’ सार्वजनिक

ललितपुर । मुन्धम एकाडेमीको प्रकाशन रहेकोे इतिहासकार कृष्णविक्रम नेम्बाङ लिखित”लिम्बू इतिहास: तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध” पुस्तक आज विमोचन गरिएको छ ।
तागेरा रेस्टुरेन्ट, थसिखेल, ललितपुरमा एक कार्यक्रमका बीच सो पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक माथि प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तिलबिक्रम नेम्बाङ(बैरागी काइला), प्राध्यापक बालकृष्ण माबोहाङ्लगायतले चर्चा गरेका थिए ।  इतिहाससम्बन्धी लेखिएको  छैटौं पुस्तकमा लेखकले लिम्बू र तिब्बती जातिका अन्तरसम्बन्ध केलाएका छन् । यसमा लिम्बू जाति को हुन् र कस्तो मिश्रण छ भनेर देखाएका छन् । लिम्बू र इलाम तथा सिक्किमका लेप्चा जातिबीच रहेको ऐतिहासिक सम्बन्धलाई पनि मिहीन रूपमा प्रस्ट्याएका छन् । उनले अर्को अध्यायमा विजयपुरका विजयनारायणको पहिचान खुट्याउने प्रयास गरेका छन् । अन्तिम अध्यायमा इतिहासकार लिम्बूले राय इतिहास र राय–लिम्बूको सम्बन्धलाई केलाएका छन् ।२ सय पेजको पुस्तकलाई डी.बी. आङ्बुङले सम्पादन गरेको र मूल्य ५ सय ५० रुपैया राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार