पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा सहभागितामूलक ग्रामीण लेखाजोखा (PRA) कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा आज ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो । यो कार्यक्रम लघु उद्यमी सृजनाको पहिलो चरणको कार्यक्रम हो ।
वडा अध्यक्ष नैना राईको अध्यक्षतामा भएको कार्यक्रममा वडाका जनप्रतिनिधिहरु खिलानाथ घिमिरे, चन्द्रकुमार राई र अम्विका लिम्बुले मन्तव्य राखेका थिए । २०८०/०८१ मा लघु उद्यम विकास शाखाद्वारा नयाँ उद्यमी सृजना कार्यक्रम सञ्चालन र पुराना लघु उद्यमीहरुको स्तरोन्नति कार्यक्रम सञ्चालन गरिनेछ ।


139 पटक हेरिएको 












