किरात याक्थुङ् चुम्लुङ् युएईको सातौँ महाधिवेशन

यूएई ।  ८ अक्टुबरका दिन युएईको बरदुबाई स्थित सिन्ध पंजाब रेस्टुरेन्टको सभाहलमा किरात याक्थुङ् चुम्लुङ् युएईको सातौँ महाधिवेशन भव्यताका साथ् सम्पन्न भएको छ।
महाधिवेशनले अध्यक्ष पदमा पुन: कमल लावती लिम्बुको अध्यक्षमा २५ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ ।समितिको बरिस्ठ उपाध्यक्षमा पोबो थेबे लिम्बु, उपाध्यक्षमा गोबिन्द लुम्फुवा लिम्बु, द्वितीय उपाध्यक्षमा बिक्रम वजिहाङ् लिम्बु, महासचिवमा मनिषा सुब्बा, सचिवमा बुद लिङ्देन लिम्बु, कोषाध्यक्षमा सृजना लावती, सह कोषाध्यक्षमा सन्तोस माङ्देन लिम्बु प्रवक्तामा  भिमा इधिङ्गो लिम्बु र साँस्कृतिक बिभाग प्रमुखमा सिता देवी इजम लिम्बु रहेका छन् । समितिको सदस्यहरुमा श्री ३ यतिम हाङ् मेन्याङ्बो लिम्बु, दिनेस कुमार लिम्बु, मिना लिम्बु, सरु बेघा लिम्बु, राजु तुम्बापो लिम्बु, लक्ष्मी माया लिम्बु, भारती सुब्बा, दिलिप हाङ् आङ्देम्बे लिम्बु, फत्ते बहादुर कुरुम्बाङ् लिम्बु, सन्जा लिम्बु, संजय चोङ्बाङ्, सबिता नाल्बो, जितेन्द्र लिम्बु, जमुना यक्सो र नन्द कुमार यक्सो रहेका छन्  ।

नेपाल आदिवासी जनजाति महासंघ युएईका महासचिव डी. के. किरातीको प्रमुख आतिथ्य तथा संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारीको बिशिस्ट आतिथ्यमा महाधिवेशन भएको हो । महाधिवेशनमा सांगठानिक प्रतिवेदन महासचिव मनिषा सुब्बा र आर्थिक प्रतिबेदन सचिव बुद्ध लिङ्देनले प्रतिवेदन पेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार