
पथरी । ‘सत्य तथ्य विवरण दिउ, किसान सुचिमा आवद्ध बनौं’ भन्ने मूल नाराका साथ माटो उपचार शिविर तालिम अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
आज पथरीशनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं. २, ७ र ८ मा माटो उपचार शिविर तालिम अन्तरक्रिया गोष्ठी सम्पन्न भएको हो । विशेषतः माटोको नमूना कसरी लिने भन्ने विषयमा सैद्धान्तिक र प्रयोगात्मक दुवै तरिकाले प्रशिक्षण गरिएको थियो । वडा नं. २ मा नगरपालिकाका कृषि शाखा प्रमुख सबिना राई, वडा नं. ८ मा नगरका कृषि प्रा.स.टिकादेवी राई र वडा नं. ७ मा कृषि स्नातक कर्मचारी जुनु जिमीले सहजीकरण गरेका छन् ।