मरङ्लुङ माङ्खदेनमा चासोक मनाइयो

पथरी । मुन्धुमीहरुको तीर्थ स्थल मोरङ्को पथरी शनिश्चरे ३ स्थित मरङलुङ माङ्खदेनमा सामुहिकरूपमा चासोक तङ्नाम मनाएको छ ।

शनिबार मुन्धुमी चुम्लुङ्ले चासोक तङ्नाम सेवा सम्पन्न गरेको हो । नयाँ फलेको अन्नबाली चढाएर, पुजाआजा गरेर चासोक मनाएको चुम्लुङका अध्यक्ष मौसम परिवर्तन याक्थुङ्वाले जनाए । चुम्लुङ्ले २०७३ सालदेखि सिसेक्पा तङ्नाम, यक्वा तङ्नाम र चासोक तङ्नाम मनाउदै आएको छ, भने माघमा येले मेलाको आयोजना पनि गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार