ललितपुर । किरात याक्थुङ चुम्लुङले सस्थाका पूर्व अध्यक्ष मन्जुलकुमार सिं याक्थुङबा को निधनमा आज शोक बिदा दिएको छ ।
४ दिनसम्म कार्यालयमा झण्डा झुकाई औपचारिक कार्यक्रम नगर्ने चुम्लुङद्वारा जारी सूचनामा जनाएको छ । लेखक, शोधकर्ता एवं पूर्व अध्यक्ष मंजुलकुमार सिंह याक्थुङबाको कार्तिक १२ का गते ८८ बर्षको उमेरमा निधन भएको थियो । हिजै सम्मान सहित काठमाडौं आर्यघाटमा लिम्बु संस्कारबाट अन्त्येष्ठी गरिएको थियो । स्व. याक्थुङबाले ३८ बर्षसम्म सरकारी सेवा गर्नुभई उपसचिव पदमा सेवानिवृत्त भएका थिए ।


126 पटक हेरिएको 












