यात्रामै रोइन आनी र रुवाइन सबै यात्रीलाई

देश चाडपर्वमय बन्दा मानवसेवा आश्रमका अभियान्ताहरु घरपरिवार र समाजबाटै अपहेलित र परित्यक्त भएका सहयोगापेक्षीहरुको उद्धारका लागि मेचि महाकाली यात्रा गरिरहेका छन् ।

३८ दिनसम्म चल्ने यात्रामा ४० यात्रीहरु छन् । दिनभरको सेवा सकेर यात्रीहरु वीरगंज आइपुगे । मानवसेवा आश्रमलाई माया गर्ने स्थानीय अभिभावकहरुले यात्रीलाई वीरगंजमा स्वागत गरे ।

स्वागत कार्यक्रममा बोल्दै आनी भक्कानिइन । मलाई सबैको अघि रुन लाज लाग्छ, सकेसम्म सम्मालिन खोज्छु तर कठिन हुन्छ । हरेक दिन जब जब बेडमा पुग्छु दिनभरका घटनालाई सम्झेर आफैँ रुन पुग्छु । उर्लाबारीमा भेटेको सागर भाइले मलाई अझै बढी रुवायो ।

उ ड्रगीस्ट रहेछ । सबैको आँखामा उ ड्रगिस्ट हो, बदमास हो र विग्रेको केटा हो । तर मलाई उभीत्र के वितिरहेको छ भन्ने कुराले सतायो । उ कसरी यस्तो बन्यो भन्ने कुराले घरग¥यो । नियमित ड्रग लिनेहरुले जब ड्रग लिन पाउदैनन पुरै आन्द्रा बटारीएर आउछ भन्ने सुनेकी छु । उ चिच्चाउदा, अनुनय विनय गरिरहदा मलाई अलि धेरै नै असहज भयो । (यतिबेलासम्म आनीको आँखाको डिलले आशुलाई आँखाभित्र सिमित गर्न सकिरहेको थिएन उनी भक्कानिइन र रोइरहिन्) । उनले थपिन् मान्छेको हृदय यति कठोर भइसक्यो कि उसले सबै कोणबाट ड्रगिस्टलाई नै खराब देख्छ । उसलाई कसरी सहयोग गर्ने भन्ने धेरैको मनमा आउँदैन । सागर जस्तै भाइहरु कति होलान् यो देशमा । उ त मात्र प्रतिनिधि पात्र न भयो । मानिसको हृदय यान्त्रिक बनिसक्यो कि सागर जस्ता भाइहरुलाई बुझ्ने र सहयोग गर्नेहरुभन्दा उसलाई घृणा गर्नेहरु अधिक छन् । अधिकांश यात्रीहरु र यात्रीको स्वागतका लागि आएका अभिभावकहरुको आँखा रसाए । कार्यक्रम स्थलमा एकछिन् सन्नाटा नै छायो ।

भएको के थियो ?

मोरङको उर्लाबारीमा यात्रीहरु पुग्दा उर्लाबारी नगरपालिकाका नगरप्रहरी र जनप्रतिनिधिले सो क्षेत्रका सहयोगापेक्षीहरुलाई एकठाउँमा जम्मा गरेर राखेका थिए । उनीहरुलाई गाडीमा राख्न खोज्दा सागर गाडी चड्न मानिरहेका थिएनन् । जब आनीले सम्झाउनुभयो त्यसपछि आमाले भनेकोले जान्छु भन्दै सागर गाडी चढ्यो । उद्धार गरिएकाहरुलाई बेतना सिमसार क्षेत्रको पार्कभित्र ल्याई नुवाइ धुवाई गरिदिने र भोजन गराउने कार्य भइरहेको थियो । सागर एक्कासी छट्पट्नि थाल्यो । उसले आफूलाई छोडीदिन अनुनय विनय गरिरहयो । पटक पटक भाग्न खोज्यो । यात्रीहरु उसलाई सम्झाउन खोज्दै थिए तर उसले कसैलाई सुनिरहेको थिएन । सागर आनीको खुट्टा पक्डेर रुदै आमा प्लिज मलाई छोडीदिनु म फर्किएर आउछु, मलाई एक डोज लिन दिनु आमा म त्यसपछि कहिल्लै ड्रग लिदिन, म सुध्रिन्छु भन्दै कराइरह्यो । सागरलाई नशा छोड्न मन भएको र नसकिरहेको बुझ्न कठिन थिएन । एकातिर उसलाई नसाको लतले कमजोर बनाएको थियो र यो दलदलबाट बाहिर आउन चाहान्थ्यो । अर्कातीर सबैको दुव्र्यवहार र घृणाले आजित भएको उ आनीमा आफ्नोपन खोजिहेको थियो । घरपरिवार र आफन्त कोही नभएको तत्काल आश्रममा राख्न सकिने अवस्था पनि नभएकोले उसलाई मानवसेवा आश्रमले नै मासिक १५ हजार तीर्नेगरी सुधार गृहमा पठायो ।

मानवसेवामा रमाइरहेकी आनी:

यस अघिका मेची महाकाली यात्रा मानवसेवा आश्रमका लागि त्यति सहज थिएन । उद्धार र उद्धार भएकाहरुको व्यवस्थापन भन्दा बढी यात्राको खर्च जुटाउन यात्रीहरु केन्द्रीत हुनुपर्दथ्यो । यो पटक यात्राको खर्च जुटाउनुपर्ने तनाव आश्रमलाई छैन । यसको प्रमुख कारण हो यात्राको सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउण्डेसनले बेहोरेको छ । यसले यात्रा त सहज बनाएकै छ यात्रामा फाउण्डेसनकी अध्यक्ष एवं गायिका आनी छोइङ डोल्माको प्रत्यक्ष सहभागीताले यात्रीहरुलाई थप उत्साहित बनाएको छ । आनी सहयोगापेक्षीको उद्धारमा शरिक हुँदै उद्धार गरिएकाहरुको नुवाइधुवाई र सरसफाइमा समेत दिल खोलेर लाग्नेगरेकी छिन् ।

आनी दिदी हाम्रो लागि भगवानको दूत बनेर आउनुभएको अनुभूति भएको छ । असल कार्यको शुभारम्भ भएको छ भने त्यसलाई साथ दिन भगवानले अनेकलाई प्रेरणा दिने कुरामा त हामी विश्वास राख्थ्यौं नै आनी दिदीको साथ र सहयोगले त्यसलाई चरितार्थ गरेको छ । यात्राको नेतृत्व गरिरहनुभएका मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी बताउनुहुन्छ ।

धर्मपूर्वको कमाई र त्यसको उच्चतम सदुपयोग:

फूलको आँखामा फूलै संसार गीत नसुन्ने र नगुनगुनाउने सायदै होलान् । नेपाली चेली भइकन पनि आनी छोइङ डोल्माको लाइभ कन्सर्टको आनन्द भने नेपालीले भन्दा विदेशीले बढी लिने गरेका छन् । उनको गीत नचाउने र उफार्ने भन्दापनि आँखा बन्द गरेर अनुभूति गर्ने खालको हुने गर्छ । यसैले उनको पारिश्रमिक पनि सोही अनुसारको छ । उनले गाएका गीतमा शास्त्रको सार भेटिन्छ । एकछिन् आँखा चिम्लेर आनीको गीत सुने आनन्दको अनुभूति मिल्छ । संगीतमार्फत संसारलाई सकारात्मकता र आध्यात्मिकता तर्फ डो¥याइरहेकी आनी छ्योइङ डोल्मा संसारलाई महंगोमा गीत सुनाएर कमाएको पैसा समाजका लागि खर्चिरहेकी छिन् ।

उनले आफ्नै कमाइले एक बालगृह सञ्चालन गरिरहेकी छन् । आफ्नो बालगृह र बालगृह बाहिर गरेर झण्डै ३०० जना बच्चाको शिक्षा दिक्षा र पालनपोषण आफ्नै कमाइले धानिरहेकी उनी यस बाहेक पनि सामाजिक कार्यमा मनग्य खर्च गरिरहेकी हुन्छिन् । केही समय अघि मात्र उनले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख प्रा। डा। भगवान कोइरालालाई बाल अस्पताल निर्माणको लागि १ करोड ८० लाख रुपैया सहयोग गरिन् । नेपाल सरकारको कोषमा समेत तुइन विस्थापनको लागि १ करोड सहयोग गरेकी उनले कयौं मठ मन्दिर र गुम्बा निर्माणका लागि योगदान गर्दै आइरहेकी छिन् । उनले गरेका कयौं सामाजिक कामहरु न उनले कतै प्रचार गरेकी छिन् न कसैलाई थाहा नै छ ।

आनी भन्छिन– नुहाउने बेलामा एक जग पानीसम्म बढी खेर गयो भने पनि मलाई नरमाइलो लाग्छ । म कमाएको थोपा थोपा जोगाउँछु । भिक्षु भएकीले पनि होला मलाई धेरैले परिश्रमिक भन्दापनि दक्षिणा बढी टक्राउने गर्छन् । म सकेसम्म यस्तो पैसाहरु आफ्नो हातमै नपारी सेवाको लागि पठाइदिन्छु । केही समय अघि मुकेश अम्बानीले आयोजना गरेको कार्यक्रममा ५ मिनेटको गीत गाएको १६ लाख दिएका थिए । मैले त्यो पैसा सिक्किममा बन्दै गरेको एक गुम्बालाई टक्राए ।

मानवसेवा आश्रमको भवननिर्माण सहयोग जुटाउन बेलायतमा आनी छोइङ डोल्माको लाइभ कन्सर्ट हुने :

मानवसेवा आश्रमले २०८२ सालभित्र कसैलेपनि खुला आकाशमुनी सडकपेटी र सार्वजनिक स्थलहरुमा एक गाँस भोजन र एकसरो कपडाको अभावमा कष्टपूर्ण जीवन विताउन नपर्ने अवस्था निर्माण गर्ने र घोषणाको लागि पहल गर्ने लक्ष्य राखेको छ ।

यो लक्ष्य पुरा गर्न उद्धार भएका सहयोगापेक्षीहरुको पालनपोषण र संरक्षणको लागि सेवामैत्री भवन सहित अत्यावश्यक संरचना निर्माण हुनु अनिवार्य छ । देशभर निर्माण भइरहेका भवननिर्माणलाई पूरा गर्न मानवसेवा आश्रमका लागि त्यति सहज छैन । यसका लागि मनग्य पैसा जरुरी हुन्छ । देशको खस्कदो अर्थतन्त्रको कारण सरकार र नागरिक दुवैको भवननिर्माणमा सोचेअनुरुप सहयोग प्राप्त गर्न कठिन हुनसक्ने भएपछि मानवसेवा आश्रमले बेलायतमा आनी छ्योइङ डोल्मा लाइभ कन्सर्ट आयोजना गर्न लागेको हो ।-सुमन भर्तौला (मानबसेवा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार