पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा पालिकास्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रम सुरु भएको छ ।
आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको हो ।
आर्थिक वर्ष २०७९/८० को स्थानीय तहस्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठीको समापन भोलि हुनेछ । कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यको उपस्थिति रहेको थियो ।
यसैगरी १० वटै वडाका पोषण कार्यक्रम फोकल पर्सनहरुको उपस्थिति रहेको थियोे ।


117 पटक हेरिएको 












