ताप्लेजुङ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठराई त्रिबेणी निवासी प्रजिन हाङवाङलाई नियुक्त गरेको छ।पाथीभरा क्षेत्र विकाश समितिको कार्यकारी निर्देशकमा मन्त्रालयले हाङवाङलाई कार्तिक २० गते नियुक्त गरेको हो। मन्त्रीस्तरीय निर्णयवाट चार वर्षका लागि नियुक्त गरिएको शाखा अधिकृत जंगवहादुर राईद्वारा दिइएको नियुक्ती पत्रमा उल्लेख छ । पाथीभरा क्षेत्र गठन आदेश २०५६ अनुसार कार्यकारी निर्देशकको पद नेपाल सरकारको उप सचिव सो सरहको हुन्छ । क्षेत्र विकाश समितिका अनुसार मासिक तलव भक्ताको व्यवस्था हुन्छ । यसअघि नियुक्त भएका मनमणी काफ्लेको म्याद कार्तिक ६ गते सकिएपछि मन्त्रालयले हाङवाङलाई नियुक्त गरेको हो । पाथीभरा वहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य पनि हुन ।


182 पटक हेरिएको 












